नियम ४६
भन्सारमा उद्घोषण गर्नु पर्ने
(१) ऐनको दफा २९क. बमोजिम मुद्रा तथा धारक विनिमेय अधिकारपत्रको उद्घोषण गर्ने फारामको ढा“चा अनुसूची–१७ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) ऐनको दफा २९क. बमोजिम उद्घोषण सम्बन्धी विवरणको जानकारी वित्तीय जानकारी इकाईलाई दिने तरिका भन्सार विभागको समन्वयमा वित्तीय जानकारी इकाईले तोके बमोजिम हुनेछ ।